कास्की । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।
नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आइतबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् ।