• मंसिर १४ २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

बैशाख १४ २०७८, मंगलवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, कोभिड-१९ महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै पार्टीको विधान, संगठनात्मक योजना लगायतका विषयमा पनि छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि बसेको स्थायी कमिटी बैठकले भने सरकारबाट समर्थन फिर्ता लिन अधिकार पुष्पकमल दाहाललाई दिएको थियो ।