सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । पीसीआर परीक्षणको माग गर्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन् ।
बैठक शुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको अवस्थामा संसद बैठक चल्न नदिने बताए । त्यसपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए ।
सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेपनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मीनेटका लागि स्थगित गरेका हुन् ।
बैठक १ बजे पुन: बस्दैछ ।