• मंसिर १४ २०८१, शुक्रबार

नेकपा स्थापना दिवसको अवसरमा विप्लवले गरे यस्तो आह्वान

बैशाख ९ २०७८, बिहीबार

काठमाडौं /

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । महासचिव विप्लवले आज एक प्रेस वक्तव्य मार्फत् शुभकामना दिएका हुन् । विप्लवले सामन्तवाद ढलेपनि नेपालको सत्ता दलाल पूँजीपतिको हातमा गएको बताएका छन् ।

नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएको भएको थियो । सर्वहारावर्गका अगुवा लेनिनको जन्म जयन्तीको अवसर पारेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । लेनिनको आज १५२औं जन्म जयन्ती हो भने नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको छ ।

पार्टी स्थापना दिवसको अवसरमा जनतामा शुभकामना दिंदै विप्लवले कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउन आफ्नो जीवन बलिदान गर्ने महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । विप्लवले विज्ञप्तिमार्फत् बेपत्ता तथा घाइते योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् । साथै विप्लवले पार्टी स्थापनाको बेलादेखि नै पुष्पलालले नेपालमा सामन्तवादी, पूँजीवादी साथै साम्राज्यवादी शोषणको जालो हटाउने बाटो कम्युनिष्ट आन्दोलन भएको बताएको उल्लेख गरेका छन् ।

विप्लवले दलाल पूँजीवादी सत्ताको संकट र असफलताले नेपालको सत्तालाई परिवर्तन गर्ने र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको बताएका छन् । विप्लवले देशलाई समाजवादी निकास दिनलाई एकजुट हुन सबै देशभक्त, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी एवं कम्युनिष्ट शक्तिहरुलाई विशेष अपिल गरेका छन् ।

हेरौं विप्लवको प्रेस वक्तव्य ⇓

पार्टी स्थापना दिवसको अवसरमा महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्य
पार्टी स्थापना दिवसको अवसरमा महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्य