• बैशाख १९ २०८३, शनिबार

एकैदिन थपिए २४ सय बढी कोरोना संक्रमित, ५ जनाको मृत्यु

बैशाख ९ २०७८, बिहीबार

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।

यस्तै मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।