• मंसिर १४ २०८१, शुक्रबार

सम्पूर्ण कम्युनिष्ट एक हुन अध्यक्ष प्रचण्डको अपील

बैशाख ९ २०७८, बिहीबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशिल, शक्तिहरूलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्ध अभियानमा लामवद्ध हुन अपील गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको र त्यसलाई परास्त गर्न सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई किनारा लगाउने गरेको पनि उनले उल्लेख गरेका छन् ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’ प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ