• मंसिर १२ २०८१, बुधबार

जलवायु परिवर्तनसँगै फैलन थाल्यो जुनोटिक रोग

बैशाख ८ २०७८, बुधबार

विश्वमा मौसमी जलवायु परिवर्तन निरन्तर भइरहेको छ । औसत वायुमण्डलीय तापक्रम बढेको छ पछिल्ला केहि वर्षयता र यसको निरन्तरता रहिरहने अपेक्षा गरिएको छ । यदि आद्योगिक विकसित मुलुकले हरितगृह ग्यास उत्सर्जन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःखलाग्दो अवस्था यो पनि छ कम तथा अतिकम विकसित मुलुक जसले विश्वस्तरीय तापक्रम बृद्धि गराउनमा न्युन योगदान गरेका छन्, ती मुलुक नै यसबाट उत्पन्न हुने दुष्प्रभावको जोखिममा छन् । खास गरी त्यस्ता रोगब्याधीबाट जुन बढ्दो तापक्रमका कारण सतहमा देखिन्छन् ।

विश्वव्यापीकरण तथा जलवायुमा हुने मौसमी परिवर्तनका कारण विश्वव्यापी रुपमा नयाँखाले तथा जलवायुमा हुने मैसमी परिवर्तनका कारण विश्वव्यापी रुपमा नयाँखाले तथा पुनः देखिन थालेका पशुपंक्षीजन्य रोग तथा जुनोसिसलाई अकल्पनीय प्रभाव पार्दैछ । मैसमी जलवायु परिवर्तनले प्राकृतिक प्रयावरण प्रणालीलाई असर पारी संक्रामक रोगहरु कारक तत्वजस्तै व्याक्टेरिया भाइरस ढुसी परजीवी, शक्त परजीवीहरुका उपयुक्त वातावरण श्रृजना गर्नुका साथै यिनीहरुलाई नयाँ क्षेत्रहरुमा विस्तारित हुनु सघाउँछ । जहाँ यिनीहरुले वन्य जन्तु घरपालुवा पशुपंक्षीलगायत मानव जनसमुदायको स्वास्थ्यमा कुप्रभाव पार्छ । यस्ता रोगहरु जुन मेरुदण्डीय अस्थिपञ्जर भएका पशुपंक्षी र जनसमुदायका बीचमा एक आपसमा सर्ने साटासाट हुने रोगहरुलाई जुनोटिक रोग भनी परिभाषित गरिएको छ ।

जुनोटिक रोगहरु विशेष लाक्षणिक स्थान विशेष तथा विशेष प्रजातिमा प्राकृतिक रुपमा देखिने प्रवृत्तिका हुन्छन् । कुनै प्रकारले पर्यावरणीय परिवर्तन तथा जलवायु जन्य वा मौसमी घटनाले यी रोगलाई महामारीको रुपमा अन्य आश्रयदाता तथा भौगोलिक क्षेत्रमा बिस्तारित हुन सघाउँछ । विभिन्न खाले जुनेसेस रोग मानिसमा विभिन्न प्रकारले सर्ने गर्दछन् । रोग प्रत्यक्ष संक्रामकजन्य पनि हुन सक्छ । या, कुनै संवाहकद्वारा ओसारपसार गरिएर पशुपंक्षी तथा जनसमुदायमा सर्न सक्छन् । यसका साथै खानेपानी तथा खानेकुराको माध्ययमवाट पनी सर्न सक्छन् ।

प्रकटित हुने रोगहरु भरखरै पत्ता लागेका हुन सक्छन् या देखिने घटना बढेको वा व्यापकता भएको या भरखरै नयाँ भौगोलिक क्षेत्रमा या जलवायु सिमामा बिस्तारित भएका वा पशुपक्षीका जनसंख्याबाट मानिसमा हाम फालेका हुन सक्छन् । उदाहरणका रुपमा लाइम बौटेलियोसीस क्याट स्क्राच फिभर र ब्राटोनेलोसिस, फिफ्य डिजिज र पारभोभाइरस बी वाइनटिन एच.आई.भी सार्स सिभियर एकयुट रेसपाइरेटोरी सिनड्रोम मंकी पकस एभियन इन्फलुइन्जा तथा वेस्ट नाइल भाइरसलाई लिन सकिन्छ ।

कुनै रोग पहिले पत्ता लागेका थिए कुनै एक प्रजातिमा र प्रायः जसो फाटफुट तहमा तर केहि कारणवस अप्रत्यासित रुपमा कुनै खास समयमा या कुनै खास भौगोलिक क्षेत्रमा फैलिएमा त्यस्ता रोगलाई पुनः प्रकटित रोग मानिन्छ । यी रोगका डरलाग्दो प्रभाव स्वास्थ्य तथा अर्थतन्त्रमा पर्दा यसले सपूर्ण पशुपंक्षी जगत एव जन समुदायलाई असर पु¥याउँछ । तर यसको सबैभन्दा बढी बेफाइदा सबैभन्दा गरीब जनसमुदाय प्रभावित हुन पुग्दछ । यी डरलाग्दा संक्रामक रोगहरुको वन्यजन्तु पशुपंक्षी जनसमुदायमा देखिनु एउटा तत्काल महत्वपूर्ण विश्वव्यापी तापकममा हुने बृद्धिको दुष्परिणामको रुपमा लिन सकिन्छ । वातावरीणय मौसममा हुने परिवर्तन ले पशुपंक्षीबाट मानिसमा रोग सर्ने प्रणालीलाई असर पु¥याउँछ वा परिवर्तन गराउँछ ।

जलवायु तथा रोगहरुको प्रत्यक्ष सम्बन्ध तुलनात्मक रुपमा हुने गर्छ भन्ने कुरा अपेक्षाकृत रुपमा सजिलै पहिचान गर्न सकिन्छ । जनसमुदाय, पशुपंक्षी तथा बोटबिरुवा हुने गर्मीजन्य तनावको कारण अत्याधिक वातावरणीय तापक्रममा हुने वृद्धिलाई मानिन्छ । जलवायुको परिवर्तनशीलको जटिल प्रत्यक्ष परिणामको भिन्नता देखाउनु बडो कठिन हुन्छ । यिनमा जीवाणु जो रोग लगाउने कारण बन्दछ । जसले रोगको प्रसारण गर्छ, जसलाई संवाहक भनिन्छ । जनावर जसले रोगहरुका जीवाणुलाई भण्डारण गर्दछन् । तर रोगको लक्षण आफै भने देखिउँदैन त्यस्ता जनावरको शरीरको कुन अंगको कुन तन्तुमा रोगका आश्रयस्थल हुन्छ र रोगले पीडितको कुन प्रणाली अंग र तन्तुमा असर पु¥याउँछ, सबैकुरा समावेश भएका हुन्छन् । यो कुरा त प्रष्ट छ कि धेरै वन्यनन्तु जन्य तथा घर पालुवा पशुपंक्षीजन्य रोगहरु मौसम अनुसार देखा पर्दछन् ।

जलवायु परिवर्तनमा हुने परिवर्तनशीलताले वन्यजन्तु तथा पशुपंक्षीको जनसख्यात्मक घनत्वमा असर पार्दछ । यी गतिविधिले रोगको प्रसारण पशुपंक्षीको जनघनत्वभित्र साथसाथै अरु जनावरलाई या जनसमुदायमा असर पु¥याउँछ । जलवायु परिवर्तनले प्रजननजन्य सफलतालाई असर पार्ने हुँदा केहि प्रजातिको जनसंख्यात्मक जनघनत्वमा असर देखाउँछ । अतः जुनोटिक रोग फैलिने संभावना बढ्न सक्ने हुन्छ । जति बढि पशुपंक्षी रोगबाट ग्रसित हुन्छन्, त्यति नै एउटै प्रजातिभित्र र विभिन्न प्रजातिबीच हुने संपर्कका कारण रोगको प्रसारण बढेर जान्छ ।

यदि जलवायु परिवर्तन भएछ भने तातो चिसो पानीको प्रयोग तथा समुन्द्रको सतह प्रभावित हुनेछ । धनी मुलुकले औसत मुल्य कमै बेहोर्न पर्ला यस असरको तापनी र अरु क्षेत्रले यसको बढी मूल्य बेहोर्नुपर्ने हुन्छ र अरुले यसबाट बढी फाइदा लिने छन् । केहि गरीब मुलुकले जलवायु परिवर्तनमा असर पुग्ने कुनै गतिविधि नगरे पनी यसको चर्को मूल्य बेर्हाेर्नु परेको छ जे जस्तो भए पनि ढिलोचाडो जलवायुमा हुने परिवर्तनले पशुपंक्षी जनसमुदायमा ठूला असर पार्छ नै । प्राकृतिक वातावरणमा प्राकृतिक दैवी प्रकोपको भुमरीमा पर्ने छ । जुन हामी हालको वर्षाले निम्त्याएको बाढी पहिरोको हामी प्रत्याशित प्रकोप भोगिराखेका छौं ।

जलवायु परिवर्तनविरुद्ध हाम्रो नीतिमा हामीले वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा जति थपिराखेका छौं, त्यसलाई कसरी घटाउन सकिन्छ भन्नेमा केन्द्रित हुनु पर्ने हुन्छ । जुन हामी कोइला बालेर पेट्रोल डिजेल तथा प्राकृतिक ग्यास बालेर वायुमण्डलमा दैनिक रुपमा थपिराखेका छौं । अब हामी एक जुट भई विश्वव्यापी तापक्रम बृद्धि रोक्न लाग्नु पर्नेछ । अनि मात्र हामी स्वच्छ वातावरण अनी सबैखाले जीवजन्तु बोटबिरुवाका तथा जनस्वास्थ्यको सुरक्षाको अनुभूति गर्न पाउने छौं, नत्र यो आगोले दैव होस् वा दैत्य, कसैलाई छाड्ने छैन ।