काठमाडौँ। संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो।
लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबार संवैधानिक इजलासकाे पेसीमा चढेको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो। उक्त घटनामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।