• बैशाख १९ २०८३, शनिबार

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान लागेका १३६ जनालाई विमानस्थलबाट फर्काइयो

बैशाख ८ २०७८, बुधबार

काठमाडौँ। नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान तयार भएका १ सय ३६ जना यात्रुलाई फर्काइएको छ । सिनामंगलको सूर्य ल्याबबाट स्वाब परीक्षण नै  नगरी  पीसीआर रिपोर्ट लिएर बुधबार  विमानस्थल पुगेका उनीहरुलाई  फर्काइएको अध्यागमन विभागले जनाएकाे छ।

विभागका अनुसार मंगलबार सुर्य ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले उक्त ल्याबमा परीक्षण गराएका सबै यात्रुहरुलाई फर्काएको छ । फर्कनेहरुमा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको बताइएको छ ।

मंगलबार महानगरीय अपराध महाशाखाले विशेष सूचनाका आधारमा ल्याबका सल्लाहकारसहित ६ कर्मचारीलाई पक्राउ गरेको थियो ।