• मंसिर १४ २०८१, शुक्रबार

स्पष्टीकरणको जवाफ चाँडै पठाउने नेपाल-खनाल समूहको निर्णय

बैशाख ७ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ चाँडै दिने निर्णय गरेको छ। आफूलाई कारबाही गर्ने सूचना पाएपछि मंगलबार अचानक नयाँ बानेश्वरको अर्याल होटलमा बसेको बैठकले नेपाल–खनाल समूहलाई सोधिएको स्पष्टीकरणको जवाफ चाँडै दिने निर्णय गरेको हो।

बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोपहरु लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय पनि गरेको छ ।

अध्यक्ष ओलीले मंगलबार नेपाल–खनाल पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण दिन भनेका थिए ।