काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवैको पिसीआर नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
पूर्वराजा शाह केही दिनअघि मात्रै भारतको हरिद्वारमा लाग्ने कुम्भ मेलामा पुगेर ‘गंगा स्नान’ गरेका थिए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्के लगत्तै कोरोना भाइरस परीक्षणका लागि उनीहरु दुवै जनाको स्वाब दिइएकाे थियाे । मंगलबार दुवै जनाकाे नतिजा पोजेटिभ आएको बताइएको छ । कोरोना पुष्टि भएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ समेत सुरु गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।