काठमाडौँ। नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।