• बैशाख १९ २०८३, शनिबार

स्रोत नखुलेको साढे २४ लाखसहित विमानस्थलबाट एक जना पक्राउ

बैशाख ६ २०७८, सोमबार

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मोरङ कानेपोखरी गाउँपालिका-७ का ३३ वर्षीय चुडामणि बस्नेतलाई स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।