• मंसिर १३ २०८१, बिहीबार

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाख ६ २०७८, सोमबार

काठमाडौँ। सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।