• मंसिर १३ २०८१, बिहीबार

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

बैशाख ६ २०७८, सोमबार

काठमाडौँ। संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने मन्त्रिपरिषद्‌ बैठकले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसद्‌को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज दिउँसो १ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ ।