• मंसिर १३ २०८१, बिहीबार

विवाद मिलाइदिन आग्रह गर्दै खनाल-नेपाल पुगे विर्नाचन आयोग

बैशाख ५ २०७८, आईतवार

काठमाडौं । एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टीको विवाद मिलाइदिन आग्रह गर्दै निर्वाचन आयोग पुगेको छ । आइतबार नेता डा.वेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो । सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुँदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने अनि महाधिवेशन आयोजक कमिटि बनाउने र केन्द्रीय कमिटि विस्तार लगायतका जे जे कुरा भएका छन् ति सबै अवैधानिक छन् भनेर पुन आयोगलाई जानकारी गराउन आयोग गएका हौ’, डा. भुषालले आयोगमा बुझाएको पत्रबारे जानकारी दिए ।

पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । सो पक्षले आयोगमा बुझाएको पत्रको दर्ता नम्बर १२०८ रहेको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किए पनि अध्यक्ष ओली पार्टी विधान विपरित एकपक्षीय निर्णय गर्दै अघि बढेकोमा खनाल–नेपाल पक्ष असन्तुष्ट छ ।