• मंसिर १३ २०८१, बिहीबार

  माधव नेपाल पक्षसित छिट्टै  पार्टी एकता हुन्नसक्छ : पौडेल

बैशाख ५ २०७८, आईतवार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले माधवकुमार नेपाल पक्षसँग छिट्टै पार्टी एकता हुन सक्ने बताएका छन् । पौडेलले पर्वतको सदरमुकाम कुश्मा बजारमा सो पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले माधव नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे ।

उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँग समेत निरन्तर छलफल र संवाद अघि बढेको बताए ।

उनले नेपाली काँग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको सुनाए । उनले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी ओली प्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले बताए ।