• मंसिर १२ २०८१, बुधबार

बिस्केट जात्रा र यसको वैज्ञानिक व्यवस्थापन

बैशाख ५ २०७८, आईतवार

तुल्सीनारायण लाखेमरु । हाम्रो भक्तपुर ऐतिहासिक सांस्कृतिक गौरवको थलो हो । कला, कौशल र सुन्दर सभ्यता भएको यो सहरलाई संसारले चिनेको छ । यहाँंको टौमढी क्षेत्र विश्वप्रख्यात छ ।

टौमढी क्षेत्र :

Taumadhi Area

यसरी नै भक्तपुर जात्राले धनी छ । यहाँं धेरै जात्राहरु हुन्छन् । तीमध्ये एउटा मुख्य जात्रा हो, बिस्केट जात्रा । भक्तपुरको बिस्केट जात्रा २०२७ साल अगाडि शान्तिपूर्ण रुपमा हुन्थ्यो । झैझगडा अनि घाइते पनि कोही हुंदैनथे । तर पछिल्ला वर्षहरुमा बिस्केट जात्रामा प्रत्येक वर्ष घाइते हुने क्रम चल्दै आएको छ ।
जात्राको क्रममा यहाँं भैरबनाथको रथ तानिन्छ । भैरबनाथको रथ तान्ने क्रममा रथभित्र जुसीबाज्या, भैरब नाइकेहरु मात्रै बस्ने गर्दथे । तर अहिले जोकोही रथमा चढेर हैरान गर्छन् । अनि तान्ने बेलामा माथिल्लो भाग र तल्लो भाग तान्दा घाइते हुन्छन् । कोही रथबाट खसेर त कोही पाँग्राले च्यापेर घाइत हुन्छन् ।

भैरवनाथको रथयात्रा :

Bhairav rathayatra

जात्राका अवसरमा रथ तान्दा हसे, हैँसे भन्दै रथ तान्ने गरिन्छ । डोरीको सहायताले रथ तान्ने गरिन्छ । हातमा हात मिलाई काँंधमा काँंध मिलाइ रथको डोरी तान्दै गन्तव्यमा पुयाउने काम हुन्छ ।
हजारौ वर्षदेखि चल्दै आएको भैरबनाथको जात्रा र रथ तान्ने काम मिलिजुली बुद्धि र विवेक अनि विचारको प्रयोग गरी काम गर्न सके राम्रो हुन्थ्यो । जात्रामा इँटा हानाहान नगरिदिएको भए हुन्थ्यो । हिजोआज पैसा भएर हो कि, बुद्धि भएर हो कि, बल भएर हो कि इटा हानाहान हुन्छ ।

वैज्ञानिक व्यवस्थापन जरुरी :

रथ तान्ने क्रममा मात्रै होइन, लिंगो उठाउने क्रममा पनि घाइते हुन्छन् । तर घाइतेहरु व्यक्तिगत खर्चमा उपचार गर्न बाध्य छन् । एकातिर संस्कृति बचाउन लागिपरेका र अर्काेतिर संस्कृति बचाउँंदा घाइते हुँंदा व्यक्तिगत खर्चबाट उपचार गर्न बाध्य उनीहरु दोहोरो मारमा छन् । त्यसकारण अवका जात्राहरुमा घाइतेहरुको उपचारमा सरोकारावालाहरुले सोच्ने कि ? अथवा घाइते नै हुन नदिन जात्रा व्यवस्थित रुपमा गर्ने कि ? अथवा जात्रालाई व्यवस्थित गर्न सवैमा जनचेतना जगाउनुपर्छ ।

(सूर्यविनायक नगरपालिका ८, जगाती, भक्तपुर)