काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सदस्य पद गुमेको छ । सांसद नरहेपछि थापाको मन्त्री पद पनि जानेछ ।
नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए । थापाको पद गुमेपछि अब उनले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो ।