• बैशाख १९ २०८३, शनिबार

काठमाडौंको होटलमा काम गर्न भनेर वेश्यावृत्तिमा लगाउने पक्राउ 

बैशाख ३ २०७८, शुक्रबार

काठमाडौं । काठमाडौंको एक होटलमा बालिकालाई काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठलाई पक्राउ गरेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको र शुरुमा वेटरमा राखेपछि पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ ।

उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबर्जस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले शुक्रबार एक सूचना जारी गरी जनाएका छन् ।