कपिलवस्तु । कपिलवस्तुमा मानव अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जना प्रकाउ परेका छन् ।
तान्त्रिक प्रयोजनको लागि मानिसको औंलाहरु ल्याएमा प्रति औंला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरी संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जीलाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउँपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औंलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका थिए ।
प्रकाउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेका छन् ।