• बैशाख १९ २०८३, शनिबार

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

बैशाख ३ २०७८, शुक्रबार

काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी र कुमार चुडालको आज संसदीय सुनुवाइ हुँदैछ ।

सर्वोच्चले नहकुल सुवेदीलाई नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट खारेज गरेसँगै उनीहरुको सुनुवाइ अगाडि बढेको हो ।

चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ ।

४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले चुडाल र सुवेदीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो।