काठमाडौं । अमेरिकी सहयोग नियोग एमसीसी नेपालको संसदबाट २ तिहाइले पास गर्ने कुराको सर्वत्र विरोध भइरहेका बेला एमसीसी विरुद्ध संघर्षरत नेपालका २३ वटा दलले कुनैपनि हालतमा एमसीसी सदनबाट पास गर्न नहुने चेतावनी दिएका छन् ।
एमसीसी देशघाती भएको निष्कर्ष निकालेका ती दलहरुले जनताले खारेज गरिदिएको र सदनबाट पनि खारेज गर्नुपर्ने माग उनीहरुको रहेको छ । एमसीसी सदनबाट पास गरिएमा आफूहरु कडा संघर्षमा उत्रने पनि उनीहरुको भनाई रहेको छ ।
२३ दलको तर्फबाट आज जारी गरिएको विज्ञप्तिमा यस्तो कुरा जनाइएको छ । विज्ञप्तिमा २३ दलको तर्फबाट क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले हस्ताक्षेर गरेका छन् ।