काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको हल्ला चलाउनेहरू वामपन्थीका नाममा दक्षिणपन्थी भएको आरोप लगाएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिगमनको हल्ला चलाउनेहरू वामपन्थीका नाममा दक्षिणपन्थी भएको बताएका हुन् ।
‘ध्वस्त पार्न नसकेपछि प्रतिगमन भयो भने हल्ला चलाउने । यस्ता शब्दिक क्रान्तिहरू । नाममा वामपन्थी कामका दक्षिणपन्थीहरू हुन् । सत्ता कब्जा गर्ने । कब्जा गर्दागर्दै सबै किलाकाटा खुस्कियो । सकिएन भने प्रतिगमन भयो भन्ने । छिमेकी के भएका भन्ने । किन बोल्दैनन् भन्ने । म कन्फरटेबल सरकार बनाउथे नि भन्ने । कांग्रेस सभापति शेरबहाुर देउवा कहाँ हल कसेर प्रधानमन्त्री खाइदिनुस् भनेको सुन्नु भएको छ होला । सरकार ढाल्नका लागि मद्दत माग्न पुगिराखेका छन् ।’ उनले भने