• बैशाख १९ २०८३, शनिबार

प्यूठान दुर्घटना अपडेट : ५ जनाको मृत्यु, ९ घाइते

बैशाख १ २०७८, बुधबार

प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् ।

घटनामा ९ जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए ।