काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार केदार दाहालमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति कडा भ्रर्त्सना गरेको छ ।
‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलन गर्न मंगलबार दूतावासअगाडि पुगेका नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्नेमाथि नेपाल पत्रकार महासंघले कानुनी कारबाहीको माग गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
दूतावासअगाडि भारतीय नागरिकको भीडभाडको फोटो र भिडियो खिचिरहेका दाहाललाई एक्कासी प्रहरीले समातेको थियो । दाहालले आफू पत्रकार हुँ भन्दै परिचय पत्र देखाउँदासमेत नक्कली पत्रकार भनेर लछारपछार गरिएको उनले बताए ।