काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले मुलुकमा भइरहेका पूर्वाधार निर्माणमा समस्या रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसद्मा आएर बहस गर्नका लागि निम्तो र दिएका हुन् ।
‘मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको होइन । यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु । तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु,’ उनले भने, ‘म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु । तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका संसद्मा आएर बाल कविता वाचन गर्ने ?’