• मंसिर १३ २०८१, बिहीबार

ओलीका मन्त्री रहेका प्रचण्डका चार सांसदको संसद हैसियत खोसिदै

चैत्र २६ २०७७, बिहीबार

काठमाडौं । ओली मन्त्री र र प्रचण्डका सांसद रहेका चारजना नेताहरुको ‘संसदीय सालनाल’ आज काटिने भएको छ । माओवादी केन्द्रले ओली सरकारमा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझी, उद्योगमन्त्री रहेका लेखराज भट्ट, श्रममन्त्री रहेका गौरीशंकर चौधरी र सहरी विकास मन्त्री रहेका प्रभु साह आफ्नो पार्टीको तर्फबाट संसद नरहेको जानकारीसहित उनीहरुलाई हटाउन संसद सचिवालयलाई पत्र पठाएपछि संसदको आजको कार्यसूचीबाट यी चार जनाको माओवादी केन्द्रसँग जोडिदै आएको सालनाल काटिने भएको हो ।

फागुन २३ गते एमाले र माओवादी केन्द्रमा छुटुटभिन्द भएको सर्वोच्चको निर्णयपछि पनि कानुनी–व्यवहारमा ओली–माओवादी भैरहेका यी चारजना अबका दिनमा एमालेका हुने भएका छन् । संसदको कार्यसूचीमा यिनीहरुको माओवादी केन्द्रसँगको सम्बन्ध ‘कटअप’ गरिने भएपछि यी चार जनाको सांसद पद आज गुम्ने भएको छ । यसपछि माओवादी केन्द्रले प्राप्त गरेको ५३ सिटबाट ४ सिट घटेर ४९ सिट हुन जाने छ ।

उता प्रम ओलीले इछ्याएर पनि यी चारजनालाई बढिमा थप ६ महिनामात्र मन्त्रीको हैसियतमा राख्न सक्ने छन् । सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू आजका दिनदेखि सांसद नभएको सूचना प्रतिनिधि सभा बैठकमा सुनाउने भएका छन् ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसका बारेमा छलफल भैसकेको छ । माओवादी केन्द्रले पठाएको पत्रमा आवश्यक छलफल गरी उनीहरूलाई उनीहरूलाई सांसदबाट हटाएको सूचना जारी गर्ने तय भैसकेको छ ।