कर्णाली प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीले आज (मंगलबार) सामूहिक राजीनामा दिएका छन् । नेकपा एमालेतर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।
संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार आज सामूहिकराजीनामा घोषणा गरेका हुन् ।