• मंसिर १३ २०८१, बिहीबार

बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै खनाल-नेपाल समूह

चैत्र २४ २०७७, मंगलवार

काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल पक्षले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दैछ ।

मंगलबार दिउँसो बल्खुस्थित सिद्धीगणेश पार्टी प्यालेसमा बस्ने बागमती प्रदेशको स्थायी कमिटी बैठकले प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

पार्टी पुनर्गठन अभियानअन्तर्गत तीन महिने कार्यक्रम घोषणा गरेको खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।

सो समूहले भातृ संगठन तथा जिल्ला जिल्लामा समानान्तर कमिटी गठन गरिरहेको छ ।