काठमाडौँ। नेकपा एमालेको खनाल- नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । आज काठमाडौंमा आयोजित खनाल-नेपाल पक्षकोअगुवा कार्यकर्ता भेलाबाट वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।
संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।