काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली कहिल्यै नसुध्रिने बताएका छन् । काठमाडौं जिल्लामा समानान्तर कमिटी घोषणा गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताएका हुन् ।
कोही त्यस्तो मोटिभेटर (उत्प्रेरक) छ कि केपी ओलीको सोच र चिन्तनलाई व्यवहारिक बनाइदिन सक्ने ?,’ उनले भने, ‘वामदेव (गौतम) कमरेड केही अघिसम्म सकिन्छ कि भनेर प्रयास गरिराख्नुभएको थियो । अब अहिले थाकें भन्न थाल्नुभएको छ । मेरो त पहिलेकै निष्कर्ष हो बालुवा पेलेर तेल निस्कदैंन भन्ने ।’
पार्टीका केही नेताहरू अझै बालुवा पेलेर तेल निस्कन्छ कि भनेर रुँगेर बसेको उनको भनाइ थियो ।