• मंसिर १३ २०८१, बिहीबार

हिंसा नगरेरै क्रान्ति पूरा गर्ने अभ्यासमा छौं : सन्तोष बुढामगर

चैत्र २० २०७७, शुक्रबार

गोविन्द खड्का । घोराही २० चैत ।
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले हिंसा नगरेरै क्रान्ति पुरा गर्न सकिने विश्वासका साथ आफूहरु आन्दोलनमा लागेको बताएका छन् । रगत नबगाएरै क्रान्ति गर्ने अभ्यासमा लागेको उनको भनाई थियो ।

जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल केन्द्रिय समिति र राज्यद्धारा वेपत्ता योद्धा परिवार समाज नेपाल केन्द्रिय समितिको संयुक्त आयोजनामा शुक्रबार घोराहीमा सम्पन्न सहिद तथा व्यपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरकृया कार्यक्रमका उक्त कुरा बताएका हुन् ।

उक्त कार्यक्रममा दलित मुक्ति मोर्चाका सम्झना विक, नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रिय सदस्य सहिद परिवार सम्झना घर्ती, पार्टीका विशेष कमिटी सदस्य सुन्दर वली लगायतले धारणा राखेका थिए ।

यसैगरी नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर, नेपाली कांग्रेसका पार्टी सचिव टेकबहादुर वली, राजमोका अध्यक्ष गणेश आचार्य, राप्रपाका मिना श्वर्णकार, नेकपा मालेका नेत्रप्रकाश पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादिका इन्चार्ज समिर केसी, दायाँ खुट्टा गुमाएका जनयुद्धका घाइते असल, शहिदका छोरा पर्शुराम आरसी, लगायतले कार्यक्रममा आआफ्ना धारणा राखेका थिए ।

यसैगरी नागरिक समाज दाङका संयोजक केवी मशाल, मानवअधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्मा, नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्रप्रकाश वली, नेपाल वारका अधिवक्ता ओमभक्त डाँगी, जागरण मञ्चका मंगलप्रसाद चौधरी, जनपत्रकार संगठनका हेमन्तप्रकाश वली लगायतले पनि मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा स्वागत शहिद परिवार समाजका केन्द्रिय सदस्य रैबहादुर बस्नेतले र सहजीकरण केन्द्रिय अध्यक्ष उमा सुवेदीले गरेकी थिइन् ।