नेपोलियन बोनापार्ट एक फ्रान्सेली कुशल सैन्य रणनीतिकार हुन् । उनी एक जोदाहा शासक तथा प्रशासक पनि हुन् । उनले फ्रान्सेली साम्राज्यको बिस्तारसँगै एक दशकभन्दा बढी विश्व राजनीतिमा एकल वर्चश्व कायम गरेका थिए । फ्रान्सेली क्रान्तिको पृष्ठभूमिमा कोर्सिकनहरुको प्रतिरोध संघर्षसँगै पतनका ठूल्ठूला उतारचढाव बेहोरेका उनमा पछिल्ला विजयी लडाइँका रणनीतिक व्यवस्थापनको सोच विकास भएको देखिन्छ । सन् १७८५मा पेरिसको लडाइँमा तात्कालीन राजाका २०,००० बफादार सेनालाई पराजित गरेर देशमा गणतन्त्र स्थापना गरेका थिए ।
१. नेपोलियन कोडको विकास :
उनको शासन कालमा नेपोलियन कोडका रुपमा ठूल्ठूला सुधारका कार्यक्रम अघि सारिए । यो सुधारले परम्परागत ढाँचाका रुपमा रहेको सामन्तवादी राजनीतिक, सैन्य, सामाजिक तथा सांस्कृतिक सोच र संरचनामा निकै परिवर्तन ल्यायो ।
२. गणतन्त्रवादी नेता सम्राट घोषित :
राजाका विरुद्धमा लडेका नेपोलियन स्वयम्ले आफूलाई सम्राट घोषणा गरे । राजगद्दी आरोहण नै गरेर उनले सन् १८१५ को जुन २२ मा आफूलाई सम्राट घोषणा गरेका थिए ।
३. सर्जक नेपोलियन :
उनी आफैमा साहित्य सर्जक पनि थिए । उनले १७ पृष्ठ रहेको ‘क्लिसन एट युजिन’ नामक रोमान्टिक उपन्यास लेखेका छन् । निकै छोटो यो उपन्यास संसारका मानिसले चासोका साथ पढ्ने गर्दछन् । उनले थुप्रै लभ लेटर पनि लेखेका छन् ।
४. पहिली श्रीमतीको टाउको काटिएको थियो :
उनकी पहिली श्रीमती उच्च घरानियाँ महिला थिइन् । फ्रान्समा क्रान्तिका बखत आतंकको साम्राज्य छाएको थियो । त्यतिबेला उनको श्रीमतीको टाउको काटिएको थियो ।
५. छद्मभेषमा गुप्तचरी :
नेपोलियन आफैले सूचना संकलन गर्ने गर्दथे । विकसित परिस्थिति बुझ्न भेष बदलेर सडकमा हिंड्ने गर्दथे । उनी सम्राट भएका बेलामा पनि तल्लो वर्गका मानिसजस्तै बनेर भेष बदली सडकमा हिंड्ने र आफ्नो शासनलाई मानिसले कसरी लिइरहेका छन् भनेर बुझ्ने गर्दथे ।
६. गीत गाउनै नसक्ने :
गीत गाउनका लागि सुरिलो स्वर थिएन उनको । उनलाई उनका हितैषीहरुले गीत नगाउन सुझाव दिएका थिए । उनी गीत गाउन पनि जोड गर्दैनथे ।
७. बिरालो देख्नै नहुने :
नेपोलियन बिरालो वा बिरालो प्रजातिका जनावरसँग निकै तर्सन्थे । उनी सानोछँदा जंगली बिरालोले मरणासन्न हुने गरी आक्रमण गरेका हुनाले उनलाई बिरालो फोबिया थियो । साम्राज्य बिस्तारको पछिल्लो चरणमा वाटर लूको लडाइँमा उनलाई बिरालो प्रयोग गरेर समातिएको थियो र सेन्ट हेलेना नामक निर्जन टापूमा कैद गरिएको थियो ।
८. ‘रोसेटा स्टोन’ को संरक्षण :
हालको ब्रिटिश म्युजियममा रहेको ‘रोसेटा स्टोन’ नेपोलियनले पत्ता लगाएका थिए । यसमा तीन भिन्न भाषाका लिपीहरु लेखिएका छन् : हाइरो ग्लिफिक इजिप्सियन, डेमोटिक इजिप्सियन र आन्सियन्ट ग्रिक । यो सिलालेख १७९९मा इजिप्टमाथि धावा बोल्दा उनका सेनाले भेटेर उनीकहाँ ल्याएका थिए ।
९. घाँटीमा विष :
नेपोलियनले आफ्ना घाँटीको वरिपरि विष बाँधेर राखिरहन्थे । उनी दुस्मनको हातमा जीउँदै पर्न चाहदैनथे । त्यसैले कसैद्वारा गिरफ्तार गरिइनुअघि नै त्यो विष खाएर गरिने आत्महत्या उनका लागि प्रिय थियो ।
१०. सेन्ट हेलेनाबाट भगाउने सामुद्रिक योजना :
वाटरलूको लडाइँमा नराम्रोसँग पराजित भएपछि उनी गिरफ्तार परेका थिए । उनलाई कैद गरिएको सेन्ट हेलेनाको टापूबाट छुटाउन उनका सहयोगीले नानाथरीका योजना बनाए । सेन्ट हेलेना आन्ध्र महासागरको बीचमा रहेको सुन्दर सानो टापु थियो । त्यहाँबाट भागे पनि समुद्रको ठूलो भाग पार गर्नु निकै गाह्रो थियो । भनिन्छ उनलाई भगाउन समुद्री जहाज पनि तयार पारिएका थिए ।
११.पुड्को कद :
नेपोलियनलाई निकै होचो भएको र कुप्रे पनि भनिन्थ्यो । उनी सरदर अरु मानिसभन्दा होचा त थिए । तर कुप्रो र पुड्के भने थिएनन् । उनलाई गाली गर्न र होच्याउनका लागि यसो बढी नै गरिएको थियो । उनी उचाइमा ५ फिट दुई इञ्च अग्ला थिए ।
१२. रहस्यमय मृत्यु :
नेपोलियन ५१ वर्षको उमेरमा मरे । तर उनी बिरामी परेर मरे वा मारिए भन्नेमा कुनै प्रमाण छैन । उनलाई कैद गर्दा उनले घाँटीमा राखिने गरिएका विषादी पनि थिएनन् । प्रचारमा आए अनुसार उनलाई पेटको क्यान्सर थियो । उनको मृत्यका प्रमाण सार्वजनिक गरिएका छैनन् ।