काठमाडौँ। नेकपा एमालेका नेता योगेश भट्टराईले नेताहरु घनश्याम भूसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।
बिहीबार भट्टराईले ऋषिमुनि र बुद्धको ज्ञान भूमिमा विद्वान्, इमानदार र नैतिकवान्हरूमाथि कारबाही हुने र मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुने गरेको तर्क गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेको छन्, ‘ऋषिमुनि र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मूर्ख, भ्रष्ट र अनैतिक हरु पुरस्कृत हुन्छन । कमरेड घनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्दा मजाक गरिएको छ।’