• मंसिर १३ २०८१, बिहीबार

ओलीले गरे भुसाल र पाण्डेलाई निलम्बन

चैत्र १९ २०७७, बिहीबार

काठमाडौँ। नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए ।