काठमाडौं । धनुषामा एकजना किशोरी बेपत्ता भएकी छिन् । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ४ बस्ने श्याम रविदासकी १९ वर्षीया छोरी बेपत्ता पारिएको हो । स्थानीय नथुनी मिया कवाडीको छोरा मोहम्मद कलम हुसैन राइनले उनलाई विवाहको प्रस्ताव राख्दै आएका थिए । राइन भने विवाहित थिए ।
प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा मोहम्मद कलम हुसैन राइनले नै अपहरण गरेको हुन सक्ने आशंका गरेको छ । हाल उनी गायब रहेको पीडित परिवारको भनाई छ । बालिका चैत्र ९ गते सोमबारदेखि बेपत्ता रहेको पीडित परिवारले बताएको छ । बिहीबार राति आरोपी मोहम्मद कलम हुसैन राइनका भाईसहितको समूहले पीडित परिवारका सदस्य उपर हातपात समेत गरेको छ ।
पीडित परिवार दलित गरिब एवं कमजोर भएकै कारण बारम्बार उनीमाथि राजनीतिक संरक्षणको आडमा आरोपी हुसैन राईनका परिवारले आक्रमण गर्दै आएको छ । यथाशीघ्र बालिकालाई खोजतलाश गरी घटनामा संलग्न अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न प्रशासन समक्ष पीडित परिवारले अनुरोध गरेको छ । हिन्दूहरुको देशमा हिन्दू समुदाय नै असुरक्षित हुनु अत्यन्तै दुःखद विषय हो ।
गलत मनसायले सक्रिय एक विशेष समुदायको क्रियाकलापले समग्र हिन्दू समुदाय आजित एवं त्रसित रहेको पछिल्लो घटनाक्रमहरुले देखाएको छ । केही महिना पूर्व काठमाडौंको सीतापाइलामा बस्ने ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया पवित्रा कार्कीले प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौंको डल्लु बस्ने ४७ वर्षीय विवाहित मोहम्मद आलमले एसिड प्रहार गरेको थियो ।