काठमाडौँ। नेकपा एमालेले राष्ट्रियसभाको संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्याकुरेललाई राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा चयन गरेका हुन् ।
राष्ट्रियसभा एमाले संसदीय दलको नेतामा प्याकुरेललाई चयन गरेर पत्र संसद सचिवालयलाई पठाइसकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी ब्युँतिएपछि एमालेको राष्ट्रियसभाको संसदीय दल नेताविहीन बनेको थियो ।
यसअघि नेकपा हुँदा माओवादी केन्द्रका नेता दिनाथाथ शर्मा दलको नेता थिए । दुवै दल ब्युँतिएपछि माओवादी केन्द्रले शर्मालाई नै दलको नेतामा निरन्तरता दिने निर्णय गरिसकेको छ ।