काठमाडौं । एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ । सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि खनाल–नेपाल समूह अध्यक्ष केपी ओलीको विरोधमा आन्दोलित छन् ।
यसैबीच आजको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएका थिए । जवाफमा नेपालले आफूहरूको समर्थन रहनेबारे अवगत गराएका थिए ।
केही दिनअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरेको थियो । छलफलपछि कानुन व्यवसायीले माओवादी केन्द्रलाई मुद्दा पुनरावलोकन गर्न सुझाएका थिए ।