काठमाडौँ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।