काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न चैत २० गते पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठक बोलाएको हो।
कांग्रेसको १४ औँ महाधिवेशन ७ देखि १० भदौमा तोकिएको छ । महाधिवेशन कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरण, नविकरणलगायतको काम पनि हुन सकेको छैन ।
चैत १० गतेसम्म क्रियाशील सदस्यता बुझाइसक्नुपर्ने कार्यतालिका भएपनि अझै विवरणहरु सफ्टवेयरमा इन्ट्री हुन सकेको छैन । झण्डै एक दर्जन जिल्लाको सदस्यता विवरण आइपुगेकै छैन । १० लाख क्रियाशील सदस्यता पुर्याउने भनिएपनि जम्मा ४ लाखको मात्रै विवरण केन्द्रीय कार्यालयमा प्राप्त भएको कांग्रेसले जनाएको छ ।