• मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले गरे नयाँ पार्टी कार्यालयको निरीक्षण

चैत्र ११ २०७७, बुधबार

काठमाडौं, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धुम्बाराहीबाट थापाथलीस्थित सारिएको एमालेको नयाँ पार्टी कार्यालयको निरीक्षण गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले थापाथलीस्थित व्यापारी सञ्जय अग्रवालको घरमा सार्न लागिएको पार्टी कार्यालयको अनुमगन तथा निरीक्षण गरेका हुन् ।

पासाङ ल्हामु प्रतिष्ठानले धुम्बाराहीस्थित कार्यालय खाली गर्न भनेपछि एमालेको पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको हो । प्रधानमन्त्री ओलीले पार्टी कार्यालय राख्न लागिएको नयाँ भवनको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीसहित कृषि तथा पुशपंक्षी विकास मन्त्री पद्मा अर्याल पनि थपाथली पुगेकी थिइन् ।

०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो ।