काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन लागेको आरोप लगाएका छन् ।
मंगलवारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले सरकारले संसदलाई कामबिहीन बनाउन लागेको आरोप लगाएका हुन् ।
‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ । नेता थापाले भने- ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा पनि विधेयक नदिने ? विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने ?’
त्यस्तै प्रधानमन्त्री ओलीले सनकको भरमा संसद भंग गरेको र त्यसैलाई सही स्थापित गराउनका लागि संसदलाई कामबिहीन गराउन लागेको आरोप लगाए ।