• मंसिर ११ २०८१, मंगलवार

पर्यटकीय स्थलकोरुपमा विकसित हुँदै बृहत् शान्ति धाम

चैत्र १० २०७७, मंगलवार

निशा तामाङ । भनिन्छ, काठमाडौं मन्दिरै मन्दिरको शहर हो । जुन स्वभाविक छ । किन कि काठमाडौं उपत्यका मानव जातिको सभ्यताको लामो इतिहास बोकेको ऐतिहासिक स्थान हो । इतिहास हेर्दा गोपाल, महिषपाल, लिच्छबी र किराँतीहरु वंशका पूर्खाहरुले बसोबास गरेको र राज्य गरेको ठाउँ हो । त्यसैले पनि काठमाडौंका विभिन्न कलाकृतिहरुले सजिएका विभिन्न मूर्तीहरु, मन्दिरहरु तथा पाटी-पौवा र सत्तलहरु रहेका छन् ।

पशुपतिनाथ, स्वयम्भूनाथ, बुढानिलकण्ठ, तारकेश्वरी, गुह्यश्वरी, भद्रकाली र दक्षिणकाली जस्ता मन्दिरहरु यहाँ रहेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर लगायतका स्थानहरुमा पुराना मन्दिर तथा मठ र देवालयहरु पाइन्छन् । यसैबीच केही समयअघि काठमाडौंको उत्तरतिर पर्ने तारकेश्वर नजिकै हिन्दू धर्मावलम्बिहरुको आस्थाकोरुपमा रहेको बृहत्  शान्ति धाम  स्थापना गरिएको छ । जहाँ कृष्ण, कुमार कात्तिकेको पूजा गरिन्छ । जहाँ नयाँ मन्दिर र पाटीहरु बनाइएको छ ।

त्यहाँ दैनिकहरुपमा भजन, कृत गरिन्छ । पण्डितहरुद्धारा गरिने सो भजनकिर्तनमा सहभागी हुन स्थानीय तथा बाहिरबाट पनि मानिसहरु जाने गर्दछन् । काठमाडौंदेखि उत्तरमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित सो शान्ति धाम वरपर हरियाली जंगल तथा शुद्ध र काठमाडौं उपत्यका राम्रोसित देखिने भएकोले कलाकारहरुपनि सुटिङका लागि जाने गर्दछन् ।

प्रेममा रमाइरहेका नवजोडीहरुका लागि पनि सो स्थान घुम्नलायक छ भने विद्यार्थी, पर्यटक र प्रकृतिप्रेमीका लागि वनभोज स्थलकोरुपमा पनि परिचित छ । आजभोली त्यहाँ सयौंको संख्यामा आन्तिरक पर्यटकहरु घुम्न र रमाइलो गर्न गइरहेका छन् । पक्की बाटोको सुविधा भएकोले पनि मानिसहरुलाई आउजाउ गर्न सजिलो भएको छ ।