काठमाडौँ । ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेको जनाइएको छ ।
बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत स्पष्टीकरण पत्र थमाइएको बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए ।