काठमाडौं । जाडो मौसम हटेसँगै नेपालका विभिन्न स्थानहरुमा आन्तरिक पर्यटकहरु आउने जानेक्रम सुरु भएको छ । तराईबासीका लागि हिमाल र पहाड तथा हिमाली र पहाडमा बस्नेहरुका लागि तराईको समथर भूमी तथा अन्य पर्यटकीय महत्वका विषयहरु नै नेपाली आतरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेका छन् ।
यसैबीच काठमाडौं र यसको वरपरका पहाड तथा पर्यटकीय स्थलहरुमा पर्यटकहरु घुम्न जानेक्रम बढिरहेको छ । कोरोना महामारीले थला परेको नेपालको पर्यटन व्यवसाय अब केही सुधारिने अवस्थामा गएको छ ।