• मंसिर १३ २०८१, बिहीबार

पम्फा भुसालको प्रश्न – राजनीतिमा नैतिक मूल्य हुन्छ कि हुँदैन ?

चैत्र ६ २०७७, शुक्रबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाएकी छन् । पुनःस्थापित संसदको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै भुसालले उनले राजनीतिमा नैतिकताको मूल्य हुन्छ कि हुँदैन ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी हुन् ।

“राजनीतिमा नैतिक मूल्य हुन्छ कि हुँदैन ? मूल्य पद्धतिको अलिकति पनि स्थान राजनीतिमा छ कि छैन ?,” भुसालले प्रश्न गर्दै भनिन्, “अहिले पनि जिताहा शैली देखाउने ? प्रधानमन्त्रीसँग रहेका मन्त्री, सांसद र कार्यकर्ता साथीहरु बिहान–बिहान योग गर्ने समयमा छातीमा हात राखेर सोच्नुस् त प्रधानमन्त्री नैतिकता देखाउँदै हुनुहुन्छ ?”

उनले राजनीतिक नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् । विगतका समयमा विभिन्न मन्त्रीहरुले नैतिकताको आधारमा राजीनामा दिएको बताउँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिएको भन्दै आपत्ति जनाइन् ।