• मंसिर १३ २०८१, बिहीबार

एमालेले गठन गर्‍यो २४ सदस्यीय संसदीय बोर्ड, खनाल र नेपाल पनि सदस्य

चैत्र ५ २०७७, बिहीबार

काठमाडौँ। नेकपा (एमाले) को संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

बोर्डको प्रमुखमा केपी शर्मा ओली छन् । त्यस्तै सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन बाँनिया, राजेन्द्र राई र महेश बस्‍नेतलगायत रहेको सांसद् शेरबहादुर तामाङले दिएको जानकारी दिए ।

त्यस्तै, २०७२ सालमा बनाइएको संसदीय दलको विधानमा संशोधनको प्रस्तावका लागि तीन सदस्यीय कार्यदल पनि बनाइएको छ । त्यसमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौडेल छन्।

संसदीय दलको अर्को बैठक ७ गते साढे १० बजे बस्ने छ र सोही बैठकबाट संशोधित विधान पारित हुने बताइएको छ।