काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।
सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने तथा परिवर्तित अवस्थामा पार्टीको आगामी कार्यदिशा तय गर्न बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।