काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको हो
त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन फर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।
पार्टी एकता भंग भइ एमाले र माओवादी पूर्ववत् रुपमा फर्किएसँगै देशको केन्द्रीय राजनीतिमा देखिएको समस्याको असर प्रदेशमा पनि देखिएको छ ।